आज हङकङ र नेपाल भिड्दै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आज हङकङ र नेपाल भिड्दै


२ असार २०८०, शनिबार


काठमाडौँ । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज हङकङसँग खेल्ने भएको छ ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो तेस्रो खेलमा नेपालले हङकङसँग खेल्दैछ । हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान ६:४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो । बिहीबार भारत ए सँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलङ्का ए रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस