५ वटा सुरुङमार्गको अध्ययन गर्दै गण्डकी सरकार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

५ वटा सुरुङमार्गको अध्ययन गर्दै गण्डकी सरकार


१ असार २०८०, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेश सरकारले ५ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन कार्य अगाडि बढाउने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रबार आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

उनले तनहुँको भिमाददेखि नवलपुरको डेढगाँउ र नवलपुरको डेढगाँउ-झ्यालबास खण्डको सुरुङमार्गको सम्भाव्यता अध्ययन कार्य आगामी वर्ष प्रारम्भ गर्ने बताए । 

यस्तै बागलुङको काठेखोलादेखि गलकोटको नरेठाँटीसम्म, म्याग्दीको दानादेखी मुस्ताङको घाँसासम्म र लमजुङको शीतलपाटीदेखि नाल्माफेदीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस