सिडिओ-सहायक सिडिओसहित गृहका १२ अधिकारीको सरुवा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सिडिओ-सहायक सिडिओसहित गृहका १२ अधिकारीको सरुवा


१ असार २०८०, शुक्रबार


काठमाडौँ । केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालयका एक दर्जन अधिकारीको सरुवा भएको छ ।

गृह मन्त्रालयले सिडिओसहित गृहका १२ अधिकारीको सरुवा तथा पदस्थापन गरेको हो ।  

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार गृह मन्त्रालयमा कार्यरत सहसचिव गोपालकुमार अधिकारीलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुर पठाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय डोटी सरुवा गरिएको छ भने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व पठाएको छ । 

गृहका सन्त बहादुर सुनारलाई जिल्ला प्रशासन कार्यालय रोल्पा सरुवा गरी रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई काभ्रेपलाञ्चोकको सहायक सिडिओ बनाएर पठाइएको छ । 

यसैगरी मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई सिरहा पठाएर सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई खोटाङ तथा खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईलाई मकवानपुर पठाइएको छ । 

यस्तै गृह मन्त्रालयमा कार्यरत उपसचिव कृष्ण बहादुर खड्कालाई कारागार कार्यालय मोरङ, जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीलाई सोही पदमा जिल्ला प्रशासन कार्यालय कास्की, रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन घिमिरेलाई इलाका प्रशासन कार्यालय धरान र काभ्रेपलान्चोकका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेललाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस