डा.आनन्दका दुई पुस्तक सार्वजनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डा.आनन्दका दुई पुस्तक सार्वजनिक


१ असार २०८०, शुक्रबार


काठमाडौँ। नेपाल भाषामा लेख्दै आएका कवि डा. आनन्द जोशीको एक हाइकु र एक लघुकथा गरी दुई पुस्तक सार्वजनिक भएको छ ।

रुबरिक र कुत: पिकाकद्वारा आयोजित कार्यक्रममा कृतिकारका नातिहरूले ‘प्यकालँय् जी जी’ र ‘थौंया हाइकु : विकास यात्रा व दिशाबोध’ कृति सार्वजनिक गरे ।

कार्यक्रममा कृतिमाथि समीक्षात्मक चर्चा गर्दै साहित्यकार धुव्र मधिकर्मीले आजको समय र परिस्थितिमाथि नयाँ दृष्टिकोणका साथ रचना प्रस्तुत गरिएकाले कृति पठनीय भएको बताए ।

स्रष्टा डा. जोशीले सानो आकारमा लेखिने साहित्य भएकोले विषय र विचारलाई कंक्रिटको रूपमा अभिव्यक्त गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस