काठमाडौँ । सरकारले वीर अस्पतालका लागि ३०० नर्सिङ जनशक्ति थप्ने भएको छ । सरकारले उक्त प्रक्रिया तीन साताभित्र टुङ्ग्याउने भएको हो ।
स्थायी दरबन्दीमा नर्स थप गर्ने प्रक्रिया तीन साताभित्र टुङ्गिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो जनशक्तिमार्फत वीरको सर्जिकल वार्ड पूर्ण रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ ।
यस्तै, संघीय अस्पतालहरूमा ५०० स्वास्थ्यकर्मी थप गर्न अर्थ मन्त्रालयको सहमतिमा योजना बनाइएको बताइएको छ ।