संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक छ : सभामुख « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक छ : सभामुख


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताएका छन्। उनले अहिले संसद चालु रहेकाले सरकारले छिटै संघीय शिक्षा ऐन ल्याउने आशा व्यक्त गरेका हुन्।

नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भूमिका निर्वाह हुनुपर्ने उनको भनाइ छ। सभामुख घिमिरेले नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्वविद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरू आएपनि व्यवहारमा लागू गर्न अझै केही समस्या रहेको उल्लेख गरे।

‘नेपालको शिक्षाले विदेशी विद्यार्थीहरूलाई तान्न सक्छ । यसबाट नै हामीले प्रयोगशाली राष्ट्र बनाउन सकिन्छ । तर, त्यसअनुसार आज अघि बढ्न सकिरहेका छैनौँ । पढेलेखेका विद्यार्थीहरू देशमा राम्रोसँग अघि बढ्न सकेका छैनन्, एसईई दिइसकेपछि विदेशका लागि प्रयास गर्ने क्रम बढिरहेको छ,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस