संसद भवन अगाडि प्रदर्शन गर्ने १२ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संसद भवन अगाडि प्रदर्शन गर्ने १२ जना पक्राउ


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ। संसद भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका १२ जना विद्यार्थी नेतालाई पक्राउ परेका छन् ।

उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐन पारित गर्न माग गर्दै प्रदर्शन गर्ने नेविसंघका १२ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार नेपाल विद्यार्थी सङ्घ आबद्ध त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्न कम्‍याम्सका नेविसंघ आबद्ध विद्यार्थीहरू गोविन्द कोइराला, सजन तामाङ, जेनिस काफ्ले, राजन रोकाया, गगन राज गजुरेल, सुदिप शाह, मन्दिप शाह, उत्सव सुवेदी, मौसम न्यौपाने, रबिन तिवारी, गणेश सार्की, रबिन कार्कीलगायत पक्राउ परेका हुन् ।

उनीहरूलाई वानेश्वरको प्रहरी वृतमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस