Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गरिबीले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् : स्वास्थ्यमन्त्री बस्नेत


३१ जेष्ठ २०८०, बुधबार


पाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

ललितपुरको जावलाखेलस्थित आज लाइफलाइन हेल्थ होम केयरले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा उनले पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने गरी कार्ययोजना बनाएर सुरु गरेको अभियान निरन्तर जारी रहेको बताएका हुन् ।

“मेरो लक्ष्य नेपालमा पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने हो, त्यसका लागि निश्चित कार्ययोजना र मापदण्ड बनाएर सुर्तीजन्य पदार्थबाट सङ्कलन हुने अर्बौं रकमबाट गर्नुपर्छ भन्ने अभियान निरन्तर जारी रहनेछ, तपाईँहरूले साथ दिनुपर्ने छ, असल कामका लागि धेरै समर्थन प्राप्त हुन्छ, जस्तोसुकै अफ्ठेरो अवस्था आए पनि त्यसलाई छिचोल्दै जानुपर्छ”, मन्त्री बस्नेतले भने ।

संविधानले प्रदत्त गरेको हक र अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उनको जोड थियो । उनले भने, “सबै अस्पतालले गरिब र असहायलाई उपचार गर्नु पर्छ, अस्पतालहरूले स्वीकृति लिने बेलैमा प्रदान गर्ने सम्पूर्ण उपचार सेवाको १० प्रतिशत न्यून आयस्तर भएका, गरिब र बेवारिसे बिरामीलाई उपचार गर्नुपर्छ भनेर सम्झौता गरेको भए पनि त्यो कार्यान्वयन हुन सकेको थिएन, म आएपछि देशैभर सर्कुलर जारी गरेर यसलाई कार्यान्वयनमा ल्याउन जोड दिएको छु ।”

सोका लागि एउटा मापदण्ड बनाइएको र २२ जिल्लामा गरिबी तथा विपन्नताको कार्ड पाएका नागरिक रहेका तथा त्योभन्दा बाहेक जिल्लामा निर्वाचित वडाका जनप्रतिनिधिको सिफारिसमा गरिब तथा विपन्नता भएका व्यक्तिको उपचार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी गराए । विपन्न जनताको निःशुल्क उपचार गर्नु राज्यको दायित्व भएको उनको भनाइ छ ।

मन्त्री बस्नेतले महँगो उपचारबाट जनता पीडित भएको अवस्थामा उपचार नै गर्नु नपर्ने गरी नागरिकलाई सचेत बनाउन जरुरी भएको औँल्याए । उनले दिनको एक घण्टा शारीरिक व्यायामका लागि छुट्याउन आवश्यक छ भन्ने सचेतना जगाउन र उचित आहारका लागि ध्यान दिन प्रेरित गर्नुपर्नेमा जोड दिए ।

लाइफलाइन हेल्थ होम केयरका सञ्चालक समिति सदस्य समीर जोशीले होम केयरका रूपमा दुई वर्षदेखि सञ्चालनमा रहेको यस स्वास्थ्य संस्थाले पोलिक्लिनिकका रूपमा आठ महिनादेखि सेवा प्रदान गरिरहेको बताए । “हामीले ‘वेटर हेल्थ वेटर सोसाइटी’को नाराका साथ काठमाडौँ मेडिकल कलेजसँग सहकार्य गरेर देशैभर स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौँ, अहिले बागमती प्रदेशभर स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौँ, शिविरमा आएकामध्ये अप्रेसन गर्नुपर्नेलाई कलेजमा ५० प्रतिशत छुट हुने व्यवस्था मिलाएका छौँ”, उनले भने, “प्राइभेट संस्था भए पनि नाफामा केन्द्रीकृत भएका छैनौँ, नर्सिङ कलेजहरूसँग पनि सहकार्य गरेका छौँ, ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर न्यूनतम शुल्कमा सेवा पुर्‍याएका छौं ।”

विभिन्न सङ्घसंस्थाको सहयोग र काठमाडौँ मेडिकल कलेजसँगको प्राविधिक सहकार्यमा लाइफलाइन हेल्थ होम केयरले सञ्चालन गरेको बृहत् स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा जनरल मेडिसिन, जनरल शल्यक्रिया, प्याथोलोजी, स्त्रीरोग, बालरोग, दन्तरोग, हाडजोर्नी, नाक, कान, घाँटी, आँखा, इसिजी, भिडियो एक्स–रे, मधुमेह, युरिक एसिड लगायतका समस्यामा सेवा उपलब्ध हुने डा विपु ढकालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस