प्रधानमन्त्री प्रचण्ड भोलि दैलेख जाँदै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रधानमन्त्री प्रचण्ड भोलि दैलेख जाँदै


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि दैलेख जाने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने एक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दुल्लुस्थित दह गाउँ आउन लागेका हुन् ।

प्रधानमन्त्री नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो ३ बजे दह गाउँ पुग्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङको पाँचौँ दीक्षान्त समारोह सकेर प्रधानमन्त्री प्रचण्ड दैलेख आउने कार्यक्रम तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस