जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेले पनि विश्वासको मत दिने भएको छ ।
एमाले सरकारबाट बाहिरिएकै कारण मुख्यमन्त्री यादवले प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री यादव विश्वासको मतका लागि प्रदेशसभा बैठकमा प्रस्ताव प्रस्तुत गर्दै सबै दलसँग मत दिन आग्रहसमेत गरे ।







