कोशी सरकारले नीति तथा कार्यक्रम ३१ गते सार्वजनिक गर्ने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कोशी सरकारले नीति तथा कार्यक्रम ३१ गते सार्वजनिक गर्ने


३० जेष्ठ २०८०, मंगलबार


विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने भएको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

उक्त नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा ३१ जेठको दिउँसो १ बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय पनि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस