नागरिकता माग गर्दै माइतीघरमा आत्मदाह प्रयास « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नागरिकता माग गर्दै माइतीघरमा आत्मदाह प्रयास


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन सङ्घर्ष समितिले माइतीघरमा गर्दै आएको निरन्तर प्रदर्शनका क्रममा एक युवकले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । 

आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरिका नीरजकुमार कामत रहेको बताइएको छ । अहिले उपचारका लागि उनलाई राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरी अधिकारीले बताएका छन् । उनका हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । उनका बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस