१५ दिनभित्र कर्मचारी दरबन्दी पठाउन सामान्यको परिपत्र « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

१५ दिनभित्र कर्मचारी दरबन्दी पठाउन सामान्यको परिपत्र


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र स्थायी कर्मचारीको दरबन्दी पठाउन पत्राचार गरेको छ।

मन्त्रालयले आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई पत्राचार गरेको हो ।

परिपत्रमा भनिएको छ, ‘मन्त्रालय, आयोग, सचिवालय र अन्तर्गतका कार्यालयहरूमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीहरूको प्रमाणित विवरण १५ दिनभित्र मन्त्रालयको संघीय मामिला तथा प्रादेशिक कर्मचारी प्रशासन शाखामा उपलब्ध गराइदिनु हुन मन्त्रालयको सचिव स्तरीय निर्णयअनुसार अनुरोध छ।’

Tags :
प्रतिक्रिया दिनुहोस