नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट रेग्मी र फुयाँलको इजलासमा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट रेग्मी र फुयाँलको इजलासमा


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले हालेको रिट मंगलबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा परेको छ ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीसद्वय प्रकाशमान सिंह रायत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिएको थियो ।

साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारले गरेको प्रमाणीकरण गराउन अनुरोध गर्ने जेठ १२ गतेको निर्णय पनि झिकाउन आदेश दिएको थियो । यस विषयमा छलफल गर्न दुवै पक्षलाई मंगलबार बोलाएको थियो । आज दुवै पक्षले यस विषयमाथि बहस गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस