मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (मंगलबार) विश्वासको मत लिने भएका छन् ।

सरकार गठनमा सहभागी दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार व्यवस्था अनुसार उनले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

सरकार निर्माणको क्रममा सहभागी भएको नेकपा एमालेले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यसकारण मुख्यमन्त्री यादवले आज साँझ ५ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रदेशसभाका सचिव रंजितकुमार यादवले जानकारी दिए।

एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। हाल प्रदेश सरकारमा सरकार गठनका बेलाका सहभागी दल एमाले बाहेक सबै दल सहभागी रहेको छन्।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।

प्रदेश सभामा १०७ जना सांसद रहेकाले बहुमतको लागि ५४ जना सांसदको आवश्यकता रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस