प्रचण्ड र बाबुरामविरुद्धको रिट न्यायाधीश मल्लको इजलासमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रचण्ड र बाबुरामविरुद्धको रिट न्यायाधीश मल्लको इजलासमा


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई कारबाहीको माग गर्दै परेको सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

पूर्वअयोग्य लडाकु लेनिन विष्टलगायतले दायर गरेको रिटमाथि आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाइ हुने भएको हो ।

तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहितका नेतृत्वमाथि बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले शुक्रबार सर्वोच्च अदालत प्रशासनको नाममा आदेश दिएको थियो । पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारबाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपीठविरुद्ध सर्वोच्च पुगेको थिए ।

विष्टले आफ्नो रिटमा तत्कालीन नेकपा माओवादीको नेतृत्वकर्ताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा.बाबुराम भट्टराई लगायतका नेताविरुद्ध बाल सैनिक प्रयोग गरिएको भन्दै कारबाहीको माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस