गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सको पहिलो अन्तराष्ट्रिय उडान सुरु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सको पहिलो अन्तराष्ट्रिय उडान सुरु


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि पहिलो पटक नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान सुरु गरेको छ ।

मंगलबार बिहान पौने ९ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा अवतरण भएको हो ।

योसंगै मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान सुरु भएको हो । यो नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरूलाई पर्यटनमन्त्री सुदन किराँतीले विमानस्थलमा स्वागत समेत गरेका छन् ।

उक्त विमानमा मलेसियामा रोजगारी गरेर घर फर्कन आगेका नेपालीहरूका साथै मलेसियाका केही पर्यटन व्यवसायीहरू पनि नपाल आएका छन् ।

मलेसियाबाट भैरहवा आइपुग्न लाग्ने उडान समय करिव ४ घण्टा ४५ मिनेट र न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान गर्न २५ मिनेटको समय लाग्ने छ ।

अन्तराष्ट्रिय उडान सुरुआतको पहिलो चरणमा न्यरोबडीबाट सातामा एउटा उडान गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस