इटलीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

इटलीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ ।

चार पटक प्रधानमन्त्री समेत बनेका बर्लुस्कोनीको फोक्सोमा भएको संक्रमणका कारण सान राफेल अस्पतालमा उपचारका क्रममा निधन भएको बीबीसीले जनाएको छ ।

उनको निधनमा इटलीमा बुधबार राष्ट्रिय शोकको घोषणा गरिएको छ । बुधबार नै मिलान क्याथेड्रलमा अन्त्येष्टि गरिने भएको छ ।

बर्लुस्कोनीको निधनमा इटालियन र युरोपेली झण्डाहरु राष्ट्रब्यापी रुपमा झुकाएका छन् । उनको निधनमा विश्वभरका विभिन्न नेताहरुले समवेदना प्रकट गरेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले एक सच्चा मित्र गुमाएको प्रतिक्रिया दिएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंलगायतका विभिन्न देशका राष्ट्र प्रमुख तथा नेताहरुले उनको परिवारप्रति समवेदना प्रकट गरेका छन् । पदमा रहँदा बर्लुस्कोनीले यौन प्रकरण र भ्रष्टाचार मुद्दाको समेत सामना गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस