काँग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन : गगन थापा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

काँग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन : गगन थापा


२९ जेष्ठ २०८०, सोमबार


मनहरी । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्ता र विचारका लागि काँग्रेसले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन् ।

नेपाली काँग्रेस पार्टी पद मात्र पाउने आसमा जन्मेको पार्टी नभएको भन्दै उनले अब काँग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन नगर्ने बताए ।

नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘२’ को संयुक्त आयोजनामा आज आयोजित क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले पार्टीले अब चार वर्षभित्र काम गर्नुपर्नेमा जोड दिए ।

पार्टीभित्र आत्मविश्वास गुमाएर कमजोर नहुन कार्यकर्तालाई आग्रह गर्दै उनले काँग्रेस चुनाव जित्नभन्दा पनि नेपाली जनताको मन जित्न जन्मेको पार्टी भएको बताए । आशाले मान्छे बाँचे जस्तै काँग्रेस पनि भोलिको आशाको केन्द्र बन्ने उनको भनाइ थियो ।

देशमा समस्या पर्दा निकास दिने पार्टीका रूपमा काँग्रेस रहेको बताउँदै उनले पार्टीभित्र विचारको आकर्षण रहेको औँल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस