सोमबारदेखि जन्मसिद्धका सन्तानलाई नागरिकता दिने तयारी  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सोमबारदेखि जन्मसिद्धका सन्तानलाई नागरिकता दिने तयारी 


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । सोमबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सूचना जारी गर्दै सोमबार (भोलि) देखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने जनाएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि नागरिकता ऐन बनेर राजपत्रमा पनि प्रकाशित भइसकेको छ। ऐन राजपत्रमा प्रकाशित भएसँगै आइतबार देखी नागरिकता वितरण सुरु हुने भनिए पनि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले आइतबार सूचना जारी गर्दै भोलिदेखि जन्मसिद्धका सन्तानले नागरिकता पाउने जनाएका छन्।

सेवाग्राहीले नागरिकता पाउनका लागी आवश्यक कागजातहरू तयार गरी जिल्ला प्रशासनको कार्यालयमा लिएर आउन सो सूचना मार्फत जनाइएको छ । 

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस