सरकारी गाडी सुनकोशीमा खस्यो, तीन जना बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारी गाडी सुनकोशीमा खस्यो, तीन जना बेपत्ता


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । मध्यपहाडी लोकमार्ग अन्तर्गत घुर्मी-खुर्कोट खण्डको गोलन्जोरमा गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

गोलन्जोर गाउँपालिका-७ खुर्कोट लौकुनबाट सिटिइभिटीको सरकारी गाडी सुनकोसी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) राजकुमार सिलवालले जानकारी दिए ।

गाडीमा रहेका तीन जना बेपत्ता भएका छन् भने गाडीका चालक पौडिएर निस्कन सफल भएको सिलवालले बताए। उनले प्रशासनसँग भने, ‘गाडी सुनकोसीमा खसेको छ, ३ जना सहसचिव स्तरका मान्छेहरू बेपत्ता छन्, एक घण्टा जति भयो अगाडी देखिएको थियो, अहिले त गाडी पनि डुबेको छ,’ ‘उनले थपे, ‘चालक पौडेर ज्यान जोगाउन सफल भएका छन् ।’ 

गाडी नम्बर खुल्न र थप विवरण आउन बाँकी रहेको एसपी सिलवालले जानकारी दिए । नजिकमा गोताखोर नभएका कारण उद्धारमा समस्या भएको छ । अहिले नेपाल प्रहरी र सशस्त्र पहरीलगायत उद्धारमा खटिएको एसपी सिलवालले बताए । 

उनले भने, ‘गाडी डुबेका कारण नम्बर पनि पत्ता लगाउन सकिएको छैन, नजिकमा गोताखोर छैन, उद्धारको प्रयास जारी छ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस