२० वर्ष अध्यापन गराएका शिक्षकलाई अवकाश दिइने  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२० वर्ष अध्यापन गराएका शिक्षकलाई अवकाश दिइने 


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । २० वर्ष अध्यापन गराएका शिक्षकहरूलाई अवकाश सुविधा दिइने भएको छ । 

दोलखाको तामाकोसी गाउँपालिकाले शैक्षिक सुधारको लागि २० वर्ष सेवा अवधि पुगेका इच्छुक शिक्षकलाई अवकाश दिएर ससम्मान बिदाइ गर्ने निर्णय गरेको हो ।  

नगरपालिकाले कार्यविधि बनाएर २० वर्षदेखि अध्यापन गराउँदै आएका र ५५ वर्ष माथिका इच्छुक शिक्षकहरूलाई सुविधासहित अवकाश दिन दिन लागेको प्रमुख प्रशासकीय अधिकृत बद्री प्रसाद शर्मा वाग्लेले बताए । 

उनले प्रशासनसँग भने, ‘यो नगरपालिकाले कार्यविधि नै बनाएर स्वर्णिम अवकाश योजना कार्यक्रम अघि सारिएको हो, अवकाश सेवा लिन इच्छुक हरुका लागी हो कसैलाई जबरजस्ती हुँदैन ’ 

यसको प्रक्रिया तत्काल अगाडी बढाउने तयारीमा रहेको पनि उनले बताए ।  

पालिकाभित्रका इच्छुक शिक्षकहरूले आवश्यक कागजातसहित पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने शिक्षा अधिकृत मेनुका बास्कोटाले जानकारी दिइन्। अवकाश जान इच्छुक शिक्षकहरूलाई नगरपालिकामा निवेदन दिन भनिएको छ । 

उनले भनिन्, ‘भर्खर  हामी यसको सुरुवातमा छौ, प्रक्रिया अघि बढेको छ २/३ जना सरहरू सम्पर्कमा पनि आउनु भएको छ, नयाँ आर्थिक बर्सदेखि विस्तृत रूपमा अगाडी बढ्छौ  ।’ 

उनका अनुसार शैक्षिक अवकाश लिन चाहने शिक्षकलाई रु ३ लाख रुपैयाँ पालिकाले उपलब्ध गराउनेछ।  

पालिकाले कार्यविधि बनाएर पालिकाभित्र प्रधानाध्यापक नियुक्ति गर्ने पनि जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस