गृहमन्त्रीले गरे शरणार्थी प्रकरणमा अनुसन्धानरत विषय लिक भएकोबारे प्रहरी नेतृत्वसँग छलफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्रीले गरे शरणार्थी प्रकरणमा अनुसन्धानरत विषय लिक भएकोबारे प्रहरी नेतृत्वसँग छलफल


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आइजिपी वसन्त कुँवरबीच छलफल भएको छ । गृह मन्त्रालयमा उनीहरुबीच भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको क्रममा भेटिएका विषय चुहिएको बारेमा छलफल भएको हो । 

अधिकांश अतिरिक्त महानिरीक्षक (एआईजी) हरू पनि सहभागी भेटमा अनुसन्धानको क्रममा भेटिएको तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र केशवप्रसाद दुलालको बीचमा भएको ‘च्याट’ बाहिरिएकोबारे छलफल भएको छ । 

अनुसन्धानको क्रममा आएका विषय प्रहरी भित्रको आन्तरिक अस्वस्थ प्रतिस्पर्धाकै कारण बाहिरिएको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस