‘बालकृष्ण खाँणको बारेमा धेरै चिन्ता नलिनुस्, मिडियाले दोषी बनाएर हुँदैन’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘बालकृष्ण खाँणको बारेमा धेरै चिन्ता नलिनुस्, मिडियाले दोषी बनाएर हुँदैन’


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बारेमा धेरै चिन्ता नलिन आग्रह गरेका छन् ।

मङ्गलवार देउवालाई भेट्न गएका काँग्रेसका नेता कार्यकर्ताको एक टोलीलाई उनले खाँणको विषयमा धेरै चिन्ता नगर्न आग्रह गरेका हुन् । उनले खाँण पैसामा बिक्ने व्यक्ति नभएको पनि बताए ।

उनले भने, ‘तपाईँहरू धेरै चिन्ता नगर्नुस् । मिडियाले दोषी बनाएर हुँदैन । पुलिसले मात्रै दोषी बनाएर पनि हुँदैन । विना प्रमाण दोषी बनाउन कहाँ पाइन्छ र ? खाँणजी पैसामा बिक्ने खालको मान्छे होइन । उहाँ राष्ट्र र राष्ट्रियता प्रति एकदमै प्रतिबद्ध मान्छे हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस