उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने सरकारको घोषणा  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने सरकारको घोषणा 


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । सरकारले उच्च शिक्षामा देखिएको समस्यालाई समाधान गरी ठोस सुझाव दिन उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उच्च शिक्षाको समस्या समाधानका लागि उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने घोषणा गरेका हुन् ।

साथै हरेक प्रदेशभित्रका विशिष्टीकृत विषय बाहेकका उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूलाई एकै विश्वविद्यालयको छाता अन्तर्गत रहने गरी पुनर्संरचना गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस