स्थानीय तहमा जैविक मल कारखानाको स्थापना गर्ने सरकारको तयारी   « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

स्थानीय तहमा जैविक मल कारखानाको स्थापना गर्ने सरकारको तयारी  


५ जेष्ठ २०८०, शुक्रबार


 काठमाडौँ। सरकारले बाली लगाउने बेलामा अभाव हुने रासायनिक मलको अभावलाई अन्त्य गर्न मल उत्पादन कारखाना निर्माण गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ । 

सरकारले स्थानीय तहमा जैविक मल कारखाना स्थापना गर्न प्रोत्साहित कार्यक्रम पनि अघि बढाउने भएको छ । 

शुक्रबारको प्रतिनिधि सभा बैठकमा सरकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले रासायनिक मल समयमै उपलब्ध गराइने जानकारी दिए । 

“रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न वहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ,” उनले भने । 

अर्ग्यानिक कृषि उत्पादनलाई प्रोत्साहित गर्न कृषि वस्तुको प्रमाणीकरण गरी बजारीकरण गर्ने तयारी गरेको पनि राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति कार्यक्रममा उल्लेख गरिएको छ । 

“चिया अलैँची अदुवा जस्ता कृषि वस्तुको निर्यात प्रवर्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ,” उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस