नेपाल एयरलाइन्सको पुनर्संरचना र सुधार गर्न अध्ययन समिति गठन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाल एयरलाइन्सको पुनर्संरचना र सुधार गर्न अध्ययन समिति गठन


५ जेष्ठ २०८०, शुक्रबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पुनर्संरचना र सुधारका लागि अध्ययन समिति गठन गरिएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका हो । समितिमा ग्यालेक्सी टेलिभिजनका सिइओ टीकाराम राई, क्याप्टेन ओम गुरुङ, चार्टर्ड एकाउन्टेन्ट पियुष आनन्द र शाहार न्यौपाने छन् ।

अध्ययन समितिलाई दुई महिनाको समय दिइएको छ । जसमध्ये एक महिना बितिसकेको छ । अबको एक महिनामा समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाउनेछ ।

स्रोतका अनुसार अहिले नेपाल एयरलाइन्स घाटामा जानुको कारण, एयरलाइन्सलाई सुधार गर्न के के गर्न सकिन्छ, एयरलाइन्सको सम्पूर्ण पाटो चुस्त दुरुस्त कसरी पार्ने भन्ने सम्बन्धमा अध्ययन केन्द्रित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस