सिटी होटलको आईपीओ बाँडफाँट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिटी होटलको आईपीओ बाँडफाँट


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । सिटी होटल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर(आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३ लाख ५५ हजार ९४० कित्ता सेयर निष्कासन खुला गरेको थियो ।

जसमध्ये पहिलो चरणमा १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्कासन गरिसकेको छ । यस्तै ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्यापछि सर्वसाधारणका लागि १३ लाख ५५ हजार ९४० कित्ता सेयर निष्कासन खुला गरेको हो ।

शुक्रबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोब आईएमई क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट एक अर्ब १८ करोड ९५ लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ९५ हजार ३७० कित्ता सेयरका लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । जसमध्ये ४ हजार ९९२ आवेदकको आवेदन रद्द भएर १० लाख ९२ हजार ६६७ जनाको योग्य आवेदन परेको हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथाबाट आईपीओ बाँडफाँट भएको छ । यसरी आईपीओ बाँडफाँट गर्दा १ लाख ३५ हजार ५९४ जना योग्य आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस