सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम आज (शुक्रबार) प्रस्तुत गर्ने भएको छ । आज बस्ने संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यसपछि राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको लागि प्रतिनिधिसभाको बैठकले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस