पुलबाट हामफालेका हर्कमानको सशस्त्र प्रहरीद्वारा जिवितै उद्धार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पुलबाट हामफालेका हर्कमानको सशस्त्र प्रहरीद्वारा जिवितै उद्धार


४ जेष्ठ २०८०, बिहिबार


काठमाडैँ । रामेछापको मन्थलीमा पुलबाट नदीमा हामफालेका एक जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

मन्थली नगरपालिका १ आकाशेस्थित तामाकोशी नदीको पक्की पुलबाट हामफालेका वडा नम्बर ७ बडारेका २५ वर्षीय हर्कमान माझीलाई उद्धार गरिएको हो ।

हर्कमान पुलबाट हाम फालेको देख्नासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदार राज खड्काको कमाण्डको टोली उनलाई उद्धार गरेको ।

माझीलाई उपचारको लागि मन्थली अस्पतालमा पठाइएको सशस्त्र प्रहरीका डिएसपी तथा सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस