प्रावि शिक्षकको लागि १ लाख बढी आवेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रावि शिक्षकको लागि १ लाख बढी आवेदन


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ। प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लागी एक लाख बढीले आवेदन दिएका छन् ।

शिक्षक सेवा आयोगले गत आयोगले चैत ९ गते विज्ञापन गरेको ७ हजार ८८२ पदको लागि १ लाख १२ हजारको आवेदन परेको आयोगले जनाएको छ । 

आयोगले सामान्य तर्फको परीक्षा जेठ २० गते लिने तयारी गरेको छ ।

शिक्षक सेवा आयोगले मावि र निमावि तहको भने सामान्य तर्फको परीक्षा लिएर नतिजा सार्वजनिक गरिसकेको छ । आयोगको नतिजा अनुसार मावि तहको सामान्य परीक्षामा ५१.१५ प्रतिशत र निमावि तहको परीक्षामा करिब २१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार मावि तहको ७१६ रिक्त पदको लागि लिएको सामान्यतर्फको परीक्षामा ३२ हजार ६७० जना सहभागीमध्ये १६ हजार ७११ उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी निमावि तहको १ हजार १६७ शिक्षकका लागि गत वैशाख ९ गते लिएको सामान्य तर्फको परीक्षामा सहभागी ६७ हजार १८० मध्ये १३ हजार ९३९ ले उत्तीर्ण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस