कोशीमा सरकार छाड्न माओवादी र जसपालाई काँग्रेसको आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोशीमा सरकार छाड्न माओवादी र जसपालाई काँग्रेसको आग्रह


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाली काङ्ग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई कोशी प्रदेश सरकारबाट बाहिरिन आग्रह गरेको छ ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले माओवादी र जसपालाई तत्काल सरकार छाड्न आग्रह गर्दै पत्र पठाउने निर्णय गरेको हो । 

बैठकले नामकरणको विपक्षमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन प्रदेश सरकारसँग माग गरेको छ । त्यस्तै आन्दोलनरत पक्षलाई पनि संयमता अपनाउन आग्रह गरेको छ ।

काँग्रेस संसदीय दलको बैठकले बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन केदार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति पनि बनाएको एक प्रदेशसभा सदस्यले जानकारी दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस