शङ्का गर्नु पर्दैन, प्रहरी र गृहमा कुनै दबाब र हस्तक्षेप छैन : प्रधानमन्त्री « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

शङ्का गर्नु पर्दैन, प्रहरी र गृहमा कुनै दबाब र हस्तक्षेप छैन : प्रधानमन्त्री


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा आशङ्का नगर्न आग्रह गरेका छन् ।

बिहीबार भएको प्रश्न उत्तरमा सांसदहरुले यसबारे गरेको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री प्रचण्डले यो अब कुनै पार्टी, नेता विशेषको विषय नभएको बताए ।

यसलाई अन्तराष्ट्रिय सङ्घ संस्थाले समेत चासोका साथ हेरिरहेको भन्दै उनले भने, ‘यसमा कुनै शङ्का गर्नु पर्दैन । प्रहरी र गृह मन्त्रालयमा कुनै दबाब र हस्तक्षेप छैन ।’

आफूले गृह मन्त्रीलाई पनि दोषी कोही नछुटुन्, निर्दोष नपरून् भनेर आफूले भनेर प्रस्ट निर्देशन दिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस