दलहरूलाई सच्याउने अवसर छ, विगतका भ्रष्टाचारको फाइल खोलौँ : प्रधानमन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दलहरूलाई सच्याउने अवसर छ, विगतका भ्रष्टाचारको फाइल खोलौँ : प्रधानमन्त्री


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म भएका विगतका ठुला भ्रष्टाचारको फाइल खोल्ने बताएका छन्।

सदनमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन। अन्य ठूलाठूला विवादित घटनाको छानबिन हुन्छ। सम्पत्ति शुद्धीकरणको केसलाई पनि छानबिन गरेर दोषीलाई कारबाही गर्छौँ। राजस्वमा भएको चलखेललाई छानबिन गर्ने कुरा। पुजी बजारमा भएका सेटिङलाई पनि भत्काउने काम सुरु गरेका छ।’

भ्रष्टाचारको विषयमा आवश्यक परे ऐन संशोधनदेखि निर्माणलाई पनि अगाडि बढाउने बताए। संस्थागत भ्रष्टाचारको कारणले देश अप्ठ्यारो ठाउँमा गएको बताए। उनले राजनीतिक दलहरूलाई आफूलाई सच्याउन अवसर भएकाले राजनीतिक दललाई एकजुट हुन आह्वान गरे।

Tags :
प्रतिक्रिया दिनुहोस