भारतको सहयोगमा २ परियोजना निर्माण हुने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

भारतको सहयोगमा २ परियोजना निर्माण हुने


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएको छ ।

स्वास्थ्य र शैक्षिक क्षेत्रका दुई वटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँस्थित भारतीय राजदूतावासबीच हिजो सम्झौता भएको हो ।

रामेछापको माला गिरी शान्ति योगा श्रम र डोटीको केदार ज्योति पुञ्ज बहुमुखी क्याम्पस निर्माणका लागि सम्झौता भएको हो ।

दुवै परियोजनामा कूल आठ करोड ३३ लाख लगानी हुने अनुमान गरिएको छ । परियोजना रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

परियोजना निर्माणले स्थानीयलाई गुणस्तरीय स्वास्थ्य तथा शैक्षिक सुविधा पुग्ने विश्वास लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस