आन्दोलन र सर्वोच्चको फैसलाबारे एकीकृत धारणा तय गर्न नाउपाको पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आन्दोलन र सर्वोच्चको फैसलाबारे एकीकृत धारणा तय गर्न नाउपाको पदाधिकारी बैठक बस्दै


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दै छ ।

दिउँसो १ बजे बैठक तय भएको र काठमाडौँमा उपलब्ध पदाधिकारीहरू उपस्थित हुने भएका छन् ।

उक्त बैठक आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न बस्न लागेका बताइएको छ ।

टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाउने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति आन्दोलित छ। उसले नेपाल बन्दसम्मका कार्यक्रम अघि सारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस