तनहुँमा भालुको आक्रमणमा परि एक जना पुरुष घाइते « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

तनहुँमा भालुको आक्रमणमा परि एक जना पुरुष घाइते


४ जेष्ठ २०८०, बिहिबार


तनहुँ । तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणमा परि एक जना घाइते भएका छन् ।

आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विकमा आक्रमण गरेको हो ।

भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ ।

घाइते भएका विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी गरेका थिए ।

विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस