राष्ट्र बैंकले तोक्यो कर्जाको पुनर्तालिकीकरण गर्न समय सीमा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्र बैंकले तोक्यो कर्जाको पुनर्तालिकीकरण गर्न समय सीमा 


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले होटेल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन र निर्माण क्षेत्रसँग सम्बन्धित कर्जाको पुनर्तालिकीकरण गर्न समय सीमा तोकेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सक्ने बताएको छ ।

यस्तो पुनर्तालिकीकरण वा पुनर्संरचना २०८० असार मसान्त भित्र गरिसक्नु पर्ने गरी राष्ट्र बैंकले सर्त तोकेको छ । मौद्रिक नीतिको तेस्रो समीक्षामा भएको घोषण कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकका अनुसार तोकिएका क्षेत्रबाहेक ५ करोडसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जामा समेत यही प्रावधान लागु हुनेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस