खाँण र रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

खाँण र रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ। 

बुधबार काठमाडौँ जिल्ला अदालतले १४ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न थप तीन दिनको म्याद दिएको हो । 

यस प्रकरणमा पक्राउ परेकामध्ये आङटावा शेर्पाको बयान लिन बाँकी छ। अन्यको बयान लिइसकिएको छ। 

समय कम भएको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरीलाई छिटो अनुसन्धान सकाउन निर्देशन दिएको थियो। तर प्रमाण सङ्कलन तथा थप व्यक्तिहरू पक्राउ पर्दा अनुसन्धान लम्बिएको हो। 

केशव दुलाल, सानु भण्डारी, टङ्ककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, टेकनारायण पाण्डे, बालकृष्ण खाँण, उनका पिए नरेन्द्र केसी, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी प्रहरी हिरासतमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस