राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. श्रेष्ठ नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. श्रेष्ठ नियुक्त


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय क्षयरोग केन्द्रको जिम्मेवारी हेरफेर भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री स्तरीय निर्णय गर्दै राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा डा. प्रज्वल श्रेष्ठलाई नियुक्त गरेका छन् ।

छातिरोग विशेषज्ञ डा. श्रेष्ठ वीरमा अस्पतालमा कार्यरत छन् । क्षयरोग केन्द्र लामो समयदेखि निर्देशक विहीन भएको थियो ।

राष्ट्रिय एड्स तथा यौन नियन्त्रणमा केन्द्रको जिम्मेवारी भने डा. सञ्जय ठाकुरलाई दिइएको छ । डा. ठाकुर यो भन्दा पहिला वीर अस्पतालमा कार्यरत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस