नेपाल विश्वविद्यालय आवश्यक छ : मन्त्री राई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल विश्वविद्यालय आवश्यक छ : मन्त्री राई


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै सरकारले नेपाल विश्वविद्यालय विधेयक, २०७९ अगाडि बढाएको बताएका हुन् ।

उनले सो विधेयक फिर्ता नहुने स्पष्ट पार्दै कसरी राम्रो विश्वविद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

मन्त्री राईले परम्परागत ढाँचामा चल्ने विश्वविद्यालयहरू मात्रै लिएर जानु उपयुक्त नहुने भन्दै नयाँ प्रयोग गरेर जानुपर्नेमा जोड दिए । उनले नेपाल विश्वविद्यालयलाई सार्वजनिक विश्वविद्यालयको रूपमा बनाउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस