प्रधानमन्त्री प्रचण्ड र अस्ट्रेलियाका सहायक विदेशमन्त्रीबीच भेटवार्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री प्रचण्ड र अस्ट्रेलियाका सहायक विदेशमन्त्रीबीच भेटवार्ता


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिमा अस्ट्रेलिया सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए।

प्रधानमन्त्री दाहालले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा चासो व्यक्त गरे। उनले अस्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा छलफल भएको छ ।

मन्त्री वाट्सले अस्ट्रेलियामा नेपालीले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरे।

Tags :
प्रतिक्रिया दिनुहोस