नयाँ नेपाल बनाउने मदन भण्डारीको सपना पूरा गर्न सकिन्छ : केपी ओली « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नयाँ नेपाल बनाउने मदन भण्डारीको सपना पूरा गर्न सकिन्छ : केपी ओली


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. मदन भण्डारीको सपना पुरा गर्न सकिने बताएका छन् ।

बुधबार ३० औँ मदन आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

एमालेका तत्कालीन महासचिव समेत रहेका मदन भण्डारीको नयाँ नेपाल बनाउने सपना अहिले अधुरो भए पनि पूरा गर्न सकिने उनले बताए ।

ओलीले मदनलाई आदर्श व्यक्तित्वका रूपमा चर्चा गर्दै भने, ‘नयाँ नेपाल बनाउने मदन भण्डारीको सपना अधुरै छ । त्यो आज उहाँका उत्तराधिकारीहरूले पुरा गर्नुपर्नेछ । चुनौतीहरू छन् । विरोधीहरू षडयन्त्रपूर्ण ढङ्गले आउँछन् । यसको अर्थ यी सपना पुरा गर्न सकिँदैन भन्ने होइन । हामी चुनौतीको सामना र षडयन्त्रहरूलाई परास्त गर्न सक्छौ र सपनालाई साकार पार्न सक्छौँ । विचारको हिसाबले सही विचार लिएका छौ, सङ्गठन पनि व्यापक छ । तर हामी अझ सुदृढ हुन जरुरी छ । यसो भएमा उहाँहरूले छोडेर गएका अधुरा अभिभाराहरू पुरा गर्न सकिन्छ । आजको दिन हामीले सङ्कल्प गर्ने दिन पनि हो । हाम्रा नेताका जायज र देश बनाउने सपनाहरू पुरा गर्न नसकिने कुरा हुँदैन । ’

२०५० साल जेठ ३ गते भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटनामा निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस