पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावका कारण हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति भने कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस