इन्टरनेटको मूल्य नबढाउन निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इन्टरनेटको मूल्य नबढाउन निर्देशन


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ऐन विपरीत इन्टरनेटको शुल्क नबढाउन निर्देशन दिएको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । इन्टरनेट सेवा प्रदायकहरूलाई मिलेमतोमा ऐन विपरीत इन्टरनेटको शुल्क नबढाउन प्राधिकरणको निर्देशन छ ।

‘हाल विभिन्न पत्रपत्रिकाहरूमा इन्टरनेट सेवा प्रदायकहरूले आपसी मिलेमतोमा इन्टरनेट सेवाको शुल्क बढाउने गरी भद्र सहमति भैसकेको भनी समाचार प्रकाशित भइरहेका छन्,’ प्राधिकरणको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै प्राधिकरणको निर्देशन भन्दै इन्टरनेट सेवाको महसुल दर बढाएको बारे उपभोक्ताको गुनासो समेत आइरहेको प्राधिकरणले बताएको छ ।

‘इन्टरनेट सेवा प्रदायकहरूले मिलेमतोमा आफूखुसी इन्टरनेट सेवाको महशुलदर बढाउनु दूरसञ्चार ऐन, २०५३ तथा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरीत हुने ब्यहोरा सम्बन्धित  सरोकारवालाहरूलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस