भुटानी शरणार्थी प्रकरणमा यसलाई छोडिदिनुपर्‍यो कसैले भनेका छैनन् : प्रधानमन्त्री « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

भुटानी शरणार्थी प्रकरणमा यसलाई छोडिदिनुपर्‍यो कसैले भनेका छैनन् : प्रधानमन्त्री


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन रोक्न कसैले दबाब नदिएको बताएका छन् ।

सोमबार माओवादी केन्द्रका पदाधिकारीहरूसँग बालुवाटारमा अनौपचारिक छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त प्रकरणबारे ‘ब्रिफिङ’ गरेका थिए ।

प्रधानमन्त्रीले भने, ‘मुख छोडेर यसो गर, उसो गर भनेर कोही बोल्न सकेका छैनन् । दोषी कोही नपरुन् भन्ने सबैले दोहोर्‍याउँछन् । तर, यसो गरौँ । यहाँ छोडिदिनुपर्‍यो भन्ने कुरा कसैको छैन ।’

प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीचको भेटघाटमा बाहिर आशङ्कायुक्त टीकाटिप्पणी भएको भए पनि संसद्को क्रियाशीलताका लागि छलफल गरेको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस