सरकारी वकिलको कार्यालयले सुरु गर्‍यो टोपबहादुरको बयान लिन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारी वकिलको कार्यालयले सुरु गर्‍यो टोपबहादुरको बयान लिन


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले टोपबहादुर रायमाझीको बयान लिन थालेको छ ।

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए लगत्तै उनको बयान सुरु भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौँमा मुद्दा शाखाका डिएसपी निरञ्जन भट्टसहितको टोलीले उनको बयान लिइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस