३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले विद्युतीय सवारीमा सुविधा दिनेबारे छलफल गरिरहेको छ : मन्त्री बस्नेत

अ+ अ-

काठमाडौँ । ऊर्जा मन्त्री शक्ति बस्नेतले नेपालमा विद्युतीय सवारीमा थप सुविधा दिनेबारे सरकारले छलफल गरिरहेको बताएका छन् ।

उनले अहिले पनि अन्य सवारीको तुलनामा विद्युतीय सवारीमा नागरिकले सुविधा पाइरहे पनि थप सुविधाबारे छलफल भइरहेको बताएका हुन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर ईभी डायलग २०२३’ अन्तर्गतको पहिलो सत्र ‘विज्ञले सुझाउने, उपभोक्ताले बुझाउने’ विषयक अन्तरक्रिया कार्यक्रममा ऊर्जा मन्त्री बस्नेतले विद्युतीय सवारीको उपयोग बढाउने सम्बन्धमा राज्यले दिनु पर्ने सेवा सुविधाबारे सरकार अलमलमा नरहेको उनले बताए ।

विद्युतीय सवारी उपयोगबारे व्यापक रूपमा जनचेतना फैलाउन आवश्यक रहेको पनि उनले बताए । उनले भने,‘विद्युतीय सवारी सम्बन्धमा नागरिकका धेरै जिज्ञासा छन् । पूर्वाधार छैन, लामो यात्राका लागि असहज, परिवर्तनशील सरकारी नीति लगायत विषयमा नागरिकमा अन्योल देखिएको छ । यी विषयहरूमा सरकार र सरोकारवाला सबै मिलेर जनचेतना फैलाउन जरुरी छ ।’

यद्यपि विगतको तुलनामा हाल सडकमा विद्युतीय सवारीको सङ्ख्यासँगै पूर्वाधारहरू पनि बढेको उनले बताए । ‘नेपाल विद्युत् प्राधिकरणले पनि ५१ वटा चार्जिङ स्टेसन बनाउँदै छ । त्यसमध्ये ४१ वटा सञ्चालनमा आइसकेको छ । निजी क्षेत्रले पनि धमाधम स्टेसनहरू निर्माण गरिरहेका छन् । यो निकै सकारात्मक पक्ष हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस