नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्नु भ्रष्टाचारीलाई सघाउनु हो : माधव सापकोटा « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्नु भ्रष्टाचारीलाई सघाउनु हो : माधव सापकोटा


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न माओवादी केन्द्रका सांसद माधव सापकोटाले आग्रह गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रूपमा टुङ्गोमा पुर्‍याएर भ्रष्टाचारका अन्य फाइलहरू खोल्न सरकारलाई उनले आग्रह समेत गरेका छन् ।

उनले भने, ‘मानव तस्कर सहितको विषय अगाडि आएको छ । सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ । यसलाई विषयान्तर गर्नु भनेको अन्ततः भ्रष्टाचारलाई सघाउ पुर्‍याउनु हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस