काठमाडौँ । कर्णाली सुरक्षा अभियान कार्यक्रमअन्तर्गत प्रहरीका हरेक युनिटमा अब नागरिक सहजकर्तामार्फत सेवा प्रवाह गर्न थालिएको छ। प्रहरी कार्यालयको मूलढोकामा एकजना युनिफर्ममा रहेको सिपाही नागरिक सहजकर्ताका रूपमा खटाउने व्यवस्थापन गरिएको जनाइएको छ।
प्रहरी युनिटमा आउने हरेक सेवाग्राहीले के-कति कामले आएका हुन्। सोधपुछ गर्ने र सेवाग्राहीले भने अनुसारको कामको प्रकृतिअनुसार सम्बन्धित व्यक्ति तथा फाँटमा पठाइदिन र सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको हो।
दुर्गम ठाउँका अशिक्षित व्यक्ति सेवाका लागि प्रहरी युनिटमा आएका हुन्छन्। उनीहरू कस्तो सेवाका लागि कुन ठाउँ जाने के गर्ने भनेर निकै अलमलमा परेका हुन्छन्। यस्ता अलमलमा पर्ने सेवाग्राहीलाई सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।